कहिले फूल भो जिन्दगी
कहिले भूल भो जिन्दगी
जता छाम्यो उतै दुख्ने
कहिले सूल भो जिन्दगी
अरुको स्वासले बज्नु पर्ने
कहिले बिगुल भो जिन्दगी
जहाँ टाँस्यो त्यही टाँसिने
कहिले तुल भो जिन्दगी
रात दिन झुण्डिनै पर्ने
कहिले झुल भो जिन्दगी
दुनियाले टेकेर हिड्ने
कहिले पुल भो जिन्दगी
राधा बिनाको कृष्ण मात्रै
कहिले गोकुल भो जिन्दगी
विरहमा कराइरहने
कहिले बुलबुल भो जिन्दगी
प्रेमको खातिर बग्नै पर्ने
कहिले मूल भो जिन्दगी
को आफ्नो को बिरानो
कहिले हुल भो जिन्दगी
अरुको खोटो नजरमा
कहिले मन्जुल भो जिन्दगी
स्वर्ग बिनाको इन्द्र मात्रै
आखिर टुल्टुल भो जिन्दगी
Friday, March 12, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment