एक दिन याहु म्यासेन्जर मार्फत अफ लाईनमा राजु क्षेत्री जीले पठाउनु भएको म्यासेज देखा पर् यो-क्षेत्री समाज मलेसियाले प्रकाशन गर्न लागेको स्मारिकाको लागि लेख पठाई दिनु होला । केही दिनपछि क्वालालाम्पुरमा सम्पन्न एक कार्यक्रममा राजु जीसँग भेटघाट हुँदा पुनः यहि अनुरोध दोहोरियो । अफलाईन म्यासेजको रिप्लाई नदिए पनि लाईभ सम्बादलाई नबोलेर टार्न मिलेन-हुन्छ भनिदिए । अरु केही हप्ताहरु बिते तर लेख लेखिन । फेरि क्वालालाम्पुरमै सम्पन्न अर्को कार्यक्रममा राजु जी सँग पुनः भेट भो र उहाँले सोही कुरालाई दोहोर् याउनु भो । तेश्रो अनुरोधको क्रममा म लज्जित थिएँ र फेरि पनि हुन्छ मात्रै भनिदिएँ । तर पहिलो दोश्रो र तेश्रो अनुरोध हेरी-सुनिसकेपछि मनमा उत्पन्न भएको कुरो एउटै थियो-म क्षेत्री हुँ र क्षेत्री समाजको स्मारिकामा लेख लेख्नु ?
तेश्रोपटक उब्जिएको प्रश्नले प्रति प्रश्न जन्मायो-के क्षेत्रीसँग तेरो सम्बन्धनै छैन त ? प्रति प्रश्नले सम्बन्धको खोज गर् यो । खोज पश्चात तीन वटा महत्वपूर्ण सम्बन्धहरु प्रकट हुन पुग्यो ।
१ बाल्यकालका बाल सखाहरु मेरा धेरै क्षेत्रीहरुनै थिए जोसँगको बाल्य स्मृतिहरु मनमा अझै पनि आलैछन् । जीवनमा ती अमूल्य दिनहरुबाट मैले ती क्षेत्री साथीहरुलाई निकाली दिएँ भने मेरो बाल्य स्मृतिनै रहने छैन ।
२ करिब छ बर्षसम्मको सहयात्री पनि क्षेत्रीनै थिइन् । समयलाई बुझ्न र पछ्याउन नसक्दा सहयात्रा बीचैमा टुट्यो । सहयात्रा टुटे पनि उनीसँग बिताएका ती छ बर्षका धङधङीमै बाँकी दिनहरु वितिरहेका छन् । लाग्छ यो क्रम जीवनको बिश्रामपछि मात्र अन्य हुने छ ।
३ यतिबेला हामी एउटा होस्टलमा चौध जना बसिरहेको छौं । चौध जनामा पचास प्रतिशत क्षेत्री साथीहरुनै हुनुहुन्छ । यी चौध जना मध्येका पचास प्रतिशत साथीहरुलाई गणना नगर्ने हो भने यो होस्टल सून्य हुने छ । सून्यता जीवनको लक्ष होईन ।
यी सम्बन्धहरुको महत्वलाई बुझिसके पनि म विश्वस्त भएँ-क्षेत्री समाजको स्मारिकामा लेख्न मेरो पूरा अधिकार छ र कर्तब्य पनि ।
स्वभावैले म मध्यमार्गी छु । यसो हुनुमा मलाई कुनै गुनासो छैन गौरव छ । नदि दुइ किनारको बीचमा बग्छ । दुइ किनार अति हुन् तर नदि यर्थातता । जीवन किनारमा छैन नदिमा छ । त्यसैले दुइ अतिमा वास्तविकता छैन वास्तविकता नदिमा छ र नदि मध्यमा छ । त्यसैले नदिको बाटोमा िहंड्नु जीवनको बाटोमा िहंड्नु हो भन्ने ठम्याई छ मेरो ।
कहिले काँही सोचाईहरु अचम्मकै हुन्छन् । जब भइरहेको कुनै पनि घटनाहरुले मन बुझ्दैन तब मनमा भूँमरीको सिर्जना हुन्छ र भूमरीले सोचाइहरुको जन्म लिन्छ । म माझ किरातमा राईको कुलमा जन्मिएको मान्छे-जन्मकै आधारमा राई भएको छु । यदि मेरो जन्म ब्रम्हाणको कुलमा वा दलित समुदाय अथवा मदेशी समुदायको कुलमा भएको भए के म राई हुन पाउँ थें र ? नेपालमा जन्मिएँ नेपाली भएँ यदि अफि्रकाका निग्रोहरुको कोखमा वा अमेरिकाका गोराहरुको कोखमा जन्मिएको भए म नेपाली हुने थिएँ र ? जन्म अप्रत्यासित हुन्छ वा संयोग म भन्न सक्दिन तर जन्म निर्धारित हुँदैन । जन्म झैं महिला र पुरुष बीचको सहबास पश्चात रहने गर्भ पनि निर्धारित हुँदैन । त्यसैले जन्मको आधारमा ठूलो-सानो, उच-निच, धनी-गरिब छुट्याउने रित सर्वथा गलत छ भन्दा कुनै अत्युक्ति हुँदैन ।
मेरो घरमा प्रायः बिरालो पालिन्छ । यसको कारण मुसाबाट मुक्ती पाउनु हो । बिरालो प्रायः मान्छसँगै सुत्न मन पराउँछ र सुत्छ पनि । ऊ घरको भान्सा देखि धनसार हुँदै कुलपित्री राखेको ठाउँ सबै तिर छिर्छ, छिर्ने अनुमति छ । तर मेरै माथिल्लो घरको दमै जेठालाई दलिनसँगै जोडिएको सँघार नाघेर भित्र छिर्ने अनुमति छैन । के मान्छे जनावर भन्दा पनि अपवित्र छ ? जनावर जनावरनै हो त्यो मान्छे हुन सक्दैन तर मान्छे-जनावर हुन सक्छ । यसको उदाहरण म नै हुँ कि बिरालोले राइफाँडो लगाउने ठाउँमा माथिल्ला घरे दमै जेठालाई म पस्नु दिदिन-किनकी ऊ मेरो घरको सँघार नाघेर भित्र पस्न साथ मेरो जात जान्छ । आखिर यो जात कहाँ छ ?
जात मान्छेको अहँकारमा छ र अहँकार विशिष्ट जात कहलाईएकाहरुमा छ । के दमाई जेठाले दमाई हुनुमा गर्व गर्ला, जति राई हुनुमा मैले गरिरहेको छु
कहाँ गर्व गुर्न बिचराले । दमाई भएर जन्मनुमा जन्मैलाई बिचराले धिक्कारी रहेको छ । त्यसैले राई हुनुमा मैले गर्ने गर्व नै अहँकार हो जसले दमाई जेठालाई घर भित्र पस्नबाट बन्चित गरिरहेको छ । र, यो अहँकार जसले सुन्दर संसारलाई हिजोदेखि आजसम्मै जलाईरहेको छ र आफै नजलेसम्म यसले यसरीनै जलाईरहने छ । फेरि यही जातको कुरा किन ? जातीय संगठनहरुको कुरा किन ? किरात राई यायोख्खा किन ? आदिवासी जनजाति महासंघ किन ? क्षेत्री समाज किन ? जातीय अहंकार बचाउनको लागि कि जातीय अहंकारबाट मुक्ति प्राप्त गर्नको निम्ती ?
हेरेको छु-संस्कृतबाट उल्था गरिएका बेदका पानाहरु, मनुस्मृति, रामायण, महाभारत, त्रिपिटक, कुरान र बाइबलका उपदेशहरु । सुनेको छु-किरात राईका मुन्धुमहरु र गायत्री मन्त्रका स्त्रोतहरु । तर यी पढे वा सुने पनि सतप्रतिशत ग्रहण गर्न लाएक छैनन् । र, सतप्रतिशत त्याज्य पनि छैनन् । यी सारा धर्म शास्त्रहरु इश्वरले, अल्लाहले, क्राईष्टले, बुद्धले वा पारुहाङले लेखेका वा बनाएका होइनन् । तात्कालिन समयमा तात्कालिन मान्छेहरुले तात्कालिन आवश्यकता हेरेर बनाएका तात्कालिन मान्यताहरु हुन् जो आज आएर अधिकांश भाग काम नलाग्ने मात्र होईन सर्वत्र त्याज्य भइसकेको छ । र, यी जातको कुरा, धर्मको कुरा पनि त्यसरीनै त्याज्य भइसकेका छन् ।
एक दिनको कुरा म किचनमा खाना बनाउँदै थिएँ । किचनको सानो छिट्कनीबाट पारी पट्टी एक जना कालो धम्मरधुस्सको निग्रो देखा पर् यो । उसले मलाई हेर् यो मैले उसलाई हेरें । बिना परिचय ऊ मुसुक्क मुस्कुरायो र हात उठायो म पनि उसैगरी मुस्कुराएँ र हात हल्लाएँ । राष्ट्र,राष्ट्रियता, धर्म, जात हेर्ने हो भने ऊ कहाँको म कहाँको तर दुवै मुस्कुरायौं दुवैले हात हल्लाएर आत्मियता दर्शायौं । यसो हुनुमा मान्छे भित्रको मानवीयताले काम गर् यो । मानवीय सम्बन्ध राष्ट्रियता र धर्म-जात भन्दा माथि हुन्छ । र, यही मानवीय सम्बन्धकै कारण विश्व ज्यूँदो छ । यदि मानवीयता मान्छेमा नहुने हो भने धर्म-जात राष्ट्र-राष्ट्रियताको महायुद्धमा उहिल्यै ध्वस्त भइसक्ने थियो ।
तर अझै पनि मान्छेमा मानवीयता हावी हुन सकेको छैन । धर्म-जात, राष्ट्र-राष्ट्रियताको खोक्रो नाराले मान्छे भित्रको मान्छेलाई खाईरहेको छ । ठूलो जात-सानो जात पहाडे-मधिसे आर्य-मङ्गोल मतवाली-तागाधारी-हेर्नुस् त कति कति साँध-सीमाहरु । जन्म स्थानको विशिष्टताको आधारमा मान्छे थोरै अलग-बेगल हुनु स्वभाविक हो-हुन्छ । तर मान्छे भित्रको मानवीयता भन्दा माथि जात धर्म र राष्ट्रियता हुनै सक्दैन ।
म यहि कुरा लेख्दैछु तर म आफै जातीय मुक्ती आन्दोलनसँग सम्बन्ध जोडिएको मान्छे हुँ । तर जातीय मुक्ती आन्दोलनसँग पनि केही असहमति भने पक्कै छ । जातीयतको कुरा समानताको लागि हो र समानता प्राप्त हुन साथ जातीय सवाल अन्त्य हुन्छ- हुनुपर्छ । तर मान्छेबीचको मानवीय सम्बन्धनै अन्त्य गरेर जातीय नारा मात्र फकाक्नेहरु पनि म सम्बद्ध आन्दोलनमा छन् जसले अरुलाई घृणा गरेर सम्मानित भएको ढोंग रचिरहेका छन् । त्यसैले मेरो संलग्नता ती अतिहरुको बिरुद्धपनि हो भन्ने बुझ्नु पर्छ ।
राज्यले जातको आधार धर्म र क्षेत्रको आधारमा कुनै पनि विभेद गर्नु हुँदैन । तर नेपालको सवालमा धेरै अगाडिबाट विभेद गरिदै आइएको कुरालाई कसैले पनि बिस्रनु हुँदैन । यदि यो कुरालाई बिस्रने हो भने नेपाल लोकतान्त्रिक देश हो भन्नुको कुनै मतलब हुने छैन । अर्को कुरो बिश्वको कुनै पनि मुलुक बसाइँ सराईबाट प्रभावित नभएको होस् । र, नेपाल पनि कुन समुदाय कताबाट कुन समुदाय कताबाट प्रवेश गरेरै बनेको मुलुक हो । हुनसक्छ कोही अगाडि आए कोही पछाडि । अगाडि आउनेका भाग पछाडि आउनेहरुले लुटे होलान् वा भाग थप्नमा सहयोग गरे पनि होलान्-त्यही भएर त देश विभिधतायुक्त छ, विभेदयुक्त पनि । तर आगमनको हिसाबमा जोठो र कान्छो छुट्याउँदै लखेट्ने र लखेटिने कुरा, भाग धेरै पाउने र नपाउने कुरा लोकतान्त्रिक देशमा स्विकार्य हुँदैन । इतिहासमा हामी राजा थियौ भनेर राज्य अलग बनाउन खोज्नु-इतिहासमा हामी बाँदर थियौ भनेर चारखुट्टा टेकेर हिड्नु जस्तै कुरो हो । भावी पुस्तालाई चाहिएको एक नेपाल हो न कि मदेश मात्र न कि पहाड मात्र । तर एक नेपाल हुनको लागि भइरहेका सारा विभेदहरुको अन्त्य जरुरी छ । एउटा मदेशीले काठमाण्डौमा 'धोती' भनेर अपमानित हुन नपरोस्, एउटा पहाडीले विरगाजमा 'साला पहाडिया' भनेर गाली खान नपरोस् । विरालोले राईफाँडो लगाउने चुलोचौकोहरुमा जातको कारण पस्नबाट कोही पनि बन्चित हुन नपरोस् । जातीय असमानताको कारण तनहुँका बेहुलाबेहुली बाग्लुङ पुगेर बिवहा गर्न नपरेस् । देशको सर्बोच्च निकायमा अल्पसख्यक समुदायका मान्छेहरुले पनि पुग्ने बाटो खोलियोस् । एक राष्ट्रियता भित्र सबै वर्ग जाति र समुदायको प्रतिनिधित्व हुने प्रदेशहरुको निर्माण होस् जसले राष्ट्रियता र सामाजिक सम्बन्धलाई मज्बुत बनाओस् । र, हरेक जातीय संगठनहरु जातीय अहंकार रक्षाको निम्ती होईन अहंकार अन्त्यको लागि सकि्रय होउन् ताकी भोलीको नेपाल साँचो रुपमा साझा फूलबारी बनोस् सबै नेपालीहरुको ।
Saturday, August 14, 2010
बाजेको आर्शिवाद
नमस्कार बाजे नमस्कार कोकु (बजु)
लौ नमस्कार नमस्कार भाग्यमानी हुनु धेरै पढ्नु मन्त्री-प्रधानमन्त्री हुनु है नाती ।
विद्यालय प्रवेश गरेको सायद दोश्रो दिन हुनुपर्छ मैले पहिलो पल्ट यो आर्शिवचन पाएको थिएँ । र, जीवनको अठ्ठाईसौं वसन्तसम्म पाईरहें । लाहुरेको भूतले सताएको समाज र समुदायमा जन्मिनेहरुका लागि यो आर्शिवचन सर्वथा अनौठो थियो र भइरह्यो पनि ।
पूर्वतर्फ फर्किएको बुइँगल वाला घर र आगाडि झण्डै उस्तै मतान । आँगनमा साह्रै मेहनत गरेर चटक्क बिछ्याइएका चप्लेटी ढुङ्गाहरु घरको माथिल्लो भित्तासँगै जोडिएको बाटो र तल्लोपट्टी लस्करै उभिएका सुन्तलाका रहर लाग्दा बोटहरु मतानको तल्लो भागसँगै गाँसिएको एकपाटे छाप्रोमा तबेला र तबेलामा बाँधिएको घोडा । त्यही घोडा, जसलाई हेर्नको निम्ती हामी बाटो अलिकती लम्ब्याएर स्कुल पुग्ने गर्दथ्यौं । घरको दलानमा माथिल्लोपट्टी हरियो रङ्ग पोतेको खाट थियो र तल्लोपट्टी तीनतिर बारा हालेको बेाच थियो जहाँ बसेर सनीबार बाहेकका दिनहरु नमस्कार फर्काउन र आर्शिवाद बाँड्न तात्कालिन खोटाङ जिल्ला पन्चायतका सभापति बृषवहादुर राई आफ्नो अर्धाङ्गिनीको साथ हाजिर हुन्थे ।
स्कुल प्रवेस गर्दा म साह्रै फुच्चे थिएँ चारबर्ष पूरा पुगेर पाँच लागेको अझ ख्याउटे । आधुनिकताले छुउटुप्पै नछोएको दूरदराजको गाउँमा जन्मनुको कारण सानैमा विवेक सप्रने कुरै भएन । मन्त्री-प्रधान मन्त्रीको त के कुरा सभापतिको अर्थ पनि मठ्ठै । मेरा दामलीहरुको मेसोमा मिसिएर आर्शिवचन दिने मान्छेलाई उसबेला यसरी चिने-सपति बाजे । र अलिकपछि-सहपति बाजे । तर बाजेको असली पद 'सभापति' हो भन्ने भेउ पाउन निक्कै बर्षहरु बित्नु पर् यो-जतिबेला उहाँले दिने आर्शिवचनको अर्थ पनि मैले खुट्याई सकेको थिएँ ।
म जन्मिएको समुदायका मान्छेहरुले देख्ने सपना एउटै थियो-लाहुरे । र, आमा-बाबाहरुको सपना पनि लाहुरसँगै जोडिएको हुन्थ्यो । लाहुरेभन्दा अर्थोक जानेकै पनि त के थिए र ती दूरदराजका गाउँलेहरुले । सुकिलो-मुकिलो लुगामा ठाँटिएर एक-दुईजना भरिया आगाडि-पछाडि लगाउँदै हातमा टेपरेकर्डर झुण्डाएर लैबरीका गीतहरु घन्काउँदै घर फर्किने लाहुरेहरु साँच्चै महान् थिए गाउँलेहरुको लागि । त्यसैले त ठुलाबडाहरुले दिने आर्शिवचन यस्तै हुन्थ्यो-लाहुरे हुनु, हवल्दार, जमदार, सुवेदार, क्याप्टेन, लेप्टेन (लेफ्टिनेन्ट), मेजर हुनु । पुरेतहरुले घोक्ने गायत्री मन्त्रझैं कण्ठस्थ यस्ता आर्शिवचनहरु भन्दा सर्वथा बेग्लै आर्शिवचन सुन्दा अनौठो लाग्नु स्वभाविकै थियो ।
विद्यालय प्रवेशको करिब एकबर्ष पछाडि बार्षिक परिक्षाको रिजल्ट प्रकाशित गर्ने क्रममा स्कुलमा सानो समारोह भएको थियो । यस्ता समारोहहरु प्रत्येक बर्ष हुँदैआए पनि मेरो निम्ती त्यो समारोह पहिलो थियो । कहिल्यै देख्दै नदेखेका अनुहारहरु स्कुलमा उपस्थित भएका थिए । म अहिले पनि सम्झन्छु त्यसबेला मनमा रोमान्चकता र डर दुवै लागेको थियो । समारोहमा सभापति बाजे पनि आउनु भएको थियो । उहाँ मन्चको सबैभन्दा अगाडि राम्रो कुर्सीमा बस्नु भएको थियो । उहाँको छेउमा स्कुलका शिक्षकहरु र गाउँका बुढापाकाहरु थिए । प्रध्यानध्यापकले केही कुरा बोल्नु भयो तर उहाँले के बोल्नु भयो भन्ने कुराको हेक्का मलाई रहेन । केही बेर पछाडि नतिजा प्रकाशन गरियो र प्रथम, दृतीय, तृतीय हुनेहरुलाई पुरस्कार वितरण गरियो । पुरस्कार सभापति बाजेले नै वितरण गर्नु भएको थियो । पुरस्कार दिनु हुँदा पनि उहाँले उही आर्शिवचन दोहोर् याउनु भो प्रधान मन्त्री, मन्त्री, मन्त्राणी हुनु । पुरस्कार वितरण गरिसकेपछि बाजे उभिनु भो र बोल्न थाल्नु भो । त्यसबेला मलाई उहाँको बोलाई भाषण हो भन्ने थाहा थिएन । उहाँले बोली रहँदा शिक्षक र गाउँले अभिभावकहरुले ताली बजाउँथे । हामी फुच्चाफुच्चीहरु ठूलाहरुले बजाउँदा निस्किरहेको लय भङ्ग गर्दै बेतुकको ताली पिट्थ्यौं । अझ कस्को धेरै बज्ने भनेर जोड-जोडले कलिला हातहरु आपसमा ठोक्याउथ्यौं । बाजेले भाषण गरिसके पनि निक्कै बेर ताली बजिरह्यो । बाजे पछाडि कसैको बोल्ने पालो आएन । मैले ठूलाबडा मानेकाहरु कसैले पनि भाषण गरेनन् । त्यसबेलाको कलिलो बाल मानसिकताले अनुभूत गर् यो-सभापति बाजे साँच्चै ठूलै मान्छे हुनुहुँदो रहेछ । र, के पनि विश्वास भो भने बाजेले दिनु भएको आर्शिवाद अरुहरुले दिने आर्शिबाद भन्दा ठूलो छ । हो त्यही बेलादेखि आमा-बाबा र मान्यजनहरुले लाहुरे हुनु भन्दै दिने आर्शिवादलाई मैले ठूलो ठानिन र जीवनमा लाहुरे हुनको लागि कुनै प्रयास समेत गरिन ।
केही बुझ्ने भएपछि सभापति बाजेसँग दोहोरो बात पनि गर्न थालियो । उहाँको घरमा जाने दलानको भित्ताभरि ठूल्ठूलो सिसाको फ्रेममा सजाएर राखिएको ब्लाक एण्ड ह्वाइट फोटोहरु हेर्ने गर्न थालियो । फोटोहरुमा बाजे बाहेक सबै अचिनारुहरु हुन्थे । बाजे कि त उभिएर भाषण गर्दै गरेका कि त दोसल्ला आढाइन्दै गरिएका फोटोहरु थिए । कहिले काँही फोटोमा भएका अन्य ब्यक्तीहरुको बारेमा बाजेले बताउनु हुन्थ्यो तर बाल मानसिकताले ती अपरिचितहरुको बारेमा हेक्का राख्ने कुरै भएन । धेरै पछि थाहा लाग्यो पन्चायती कालका मन्त्री, सभासद र अन्य विशिष्ट राजनीतिज्ञहरुको साथ बाजे सहभागि हुनुहुँदा ताकाको प्रतिविम्बहरु रहेछन् ती ।
२०४६ सालको राजनीतिक परिवर्तनले मान्छेहरुमा नौलो उत्साह थपेको थियो । बोल्दै नबोल्ने मान्छेहरु पनि बोल्ने भएका थिए । ठाउँ ठाउँमा सभा समारोहहरु भएका थिए । दुरदराजको त्यो वस्ती तिर पनि चेतनाको राँको मज्जैले झोसिएको थियो । २०४६ सालको राजनीतिक परिवर्तन हुँदा म सात कक्षामा पुगेको थिएँ । पढाईको हिसाबले राजनीतिक चेतना घुस्ने बेला हो त्यो तर म राजनीतिमा चेतनासून्य थिएँ । त्यसैले त्यो परिवर्तनले मलाई कताकता दुखाएको थियो । दुखाईको कारण-सभापति बाजेलाई गाली गरिनु थियो । फलना शोसक, फलना घुस्याहा फलनाको दिन गयो जस्ता गालीहरु सभापति बाजे माथि गाउँलेहरु पछाडिबाट बर्षाउँथे । अहिले सम्झन्छु सभापति बाजे मेरो निम्ती रोलमोडल बनिसक्नु भएको रहेछ त्यसैले त उहाँ माथि थोपरिने गालीहरु सुनेर म भित्र भित्रै मुर्मुरिन्थें । सभापति बाजे प्रति यती ठूलो सद्भाव पलाउनुमा अर्को कारण पनि छ-उहाँ बाटोमा िहंड्दा बाटो बीचको ढुङ्गा छेउछाउका झाडीहरु पन्छाउँदै हिड्नु हुन्थ्यो । र, हामी कोही छौं भने ढुङ्गाहरु फाल्न लगाउनु हुन्थ्यो । उहाँ भन्नु हुन्थ्यो-बटुवाहरु ढुङ्गामा अल्झिएर लड्न सक्छ त्यसैले फाल्नु पर्छ । म मेरै बुवा-आमा र गाउँका मान्यजनहरुसँग धेरै पटक हििडंसकेको थिएँ तर उहाँहरु न बाटो बीचको ढुङ्गानै फाल्नु हुन्थ्यो न त झाडीहरु नै पन्छ्याउनु हुन्थ्यो ।
सभापति बाजेलाई मैले कहिल्यै जाँड-रक्सी खाएको र तास-जुवा खेलेको देखिन । जाड-रक्सी नभई कुनै कार्य नै नहुने समुदायकै एक सदस्यले जाँड-रक्सी खाएको नदेख्नु अनौठो थियो । स्कुलमा शिक्षकहरुले जाँड-रक्सी खानु हुँदैन, तास-जुवा खेल्नु हुँदैन भनेर पढाउने बेलामा पढाउँथे तर स्कुल छुट्न साथ जाँड-रक्सीमै डुबेको भेट्थें म । तिहारको बेला त स्कुल लागेको समयमै गाउँमा पसेर तासको खालमा जमिरहेका शिक्षकहरु भेटिन्थे । म लेखिएको कुरा सत्य हो भन्ने ठान्थें त्यसबेला । किताबमा जाँड-रक्सी खानु हुँदैन जुवा-तास खेल्नु हुँदैन भनेर लेखिएको सत्य हो भनेर मान्थे म । र, सत्य कुरालाई सभापति बाजेले मात्र अङगिकार गरिरहेको पाउँथे । हुन पनि हो बाजेले जीवन भर मलाई उहाँको घर पुग्दा नातीलाई जाँड रक्सी देओ भनेर कोकुहरुलाई भन्नु भएन । बरु कोकुहरुले नाती तिर्खा लाग्यो होला जाँड छानी दिन्छु है भन्नु हुँदा बाजेले पढ्ने मान्छेलाई पनि जाँड दिने हो मोही होला छैन भने दही भए पनि देओ भनेर कोकुहरुलाई भन्नु भएको कुरा मानसपटमा अझै ताजै छ ।
अँ साँच्ची २०४६ सालको परिवर्तन पछाडि बाजेलाई गाली गर्नेहरु निक्कै देखिए गाउँघरमा । सुरुमा त म गाली गरेको सुन्दा रिशले मुरमुरिन्थे तर कुरो बुझ्दै गएपछि गाली गराई स्वभाविक लाग्न थाल्यो । केही साथीहरुको लहै लहैमा लागेर भेट हुँदा बाजेलाई नमस्कार गर्न पनि छोडियो । बाजे प्रतिको सम्मानमा ह्रास आयो भनौं । हो यो समय जीवनकै सबैभन्दा दुर्गतीका दिनहरु हुन् भन्ने अहिले थाहा पाउँदैछु । पढ्ने बाहानमा स्कुल जाने, स्कुलमा पुगेपछि क्यारिमबोर्ड र खोप्पीमा मस्तराम । कहिले कुन गाउँको भ्रमण, कहिले कुन पाखो रुङाई, कहिले कुन जङ्गलको चाहाराई । बाटो छेउको फलफूलको चिचिलै रित्याउने, मकैको खोया नपस्दै भाँचेर मुक्याउने । तर दिनहरु सधैं एकनासको हुँदैन त्यसैले त संसार चलेको छ । ती उरन्ठेउला दिनहरुले जीवनबाट क्रमशः बिदा लिन थालेपछि आफैमा कताकता आत्मग्लानी पलायो । र बाजे प्रतिको सम्मान पुनः फर्किएर आयो । वहाँको विचारभन्दा फरक विचारमा सामेल भएर राजनीति गर्दा पनि मैले फेरि बाजेलाई कहिल्यै नकारात्मक दृष्टिले हेरिन ।
२०६२ को जेष्ठ अन्तिम हप्ता हुनुपर्छ म करिब एक बर्ष पछाडि सानो कामले पोखराबाट घर फर्किएँ । गाउँघरको लागि म निक्कै बिरानो बनिसकेको थिएँ तर गाउँ मेरोलागि उही थियो । सिम्पानीबाट तेर्सो लागि सकेपछि धेरै समय सभापति बाजेकै बारेमा सोची रहें । घर पुग्नु अगावै सभापति बाजेको घर आउने हुँदा उहाँसँग केही बेर बसेरै गफ गर्ने योजना बनाएँ । पश्चिम दिशामा घाम ओह्रालिन्दै थियो म उही चिरपरिचित बाटो नापी रहेको थिएँ । मकैको लहलहाउँदो बोटहरुले बाटो साँघुरो बनाईरहेको आभास भइरहेको थियो । म एउटा आशा बोकेर बाजेको आँगनमा उत्रिएँ । बाजे घरमै हुनुहुन्थ्यो तर मेरो अनुमान विपरित । उहाँ सुकेर हाड छालामात्र हुनु भएको रहेछ । आँखा पनि ठ्याम्मै देख्न नसक्ने । तर बोली भने अझै उस्तै टाठो । मैले बाजेलाई नमस्कार टक्राएँ । उहाँले मेरो आवाज भुल्नु भएको रहेनछ । हामी केहीबेर गफियौं । मैले केही पोखरेलीहरुको बारेमा उहाँलाई जानकारी गराएँ जो पन्चायत कालमा राजनीतिमा सकि्रय थिए । मैले उनीहरुको बारेमा भन्दा बाजेमा बोल्ने थप उत्साह पाएको थिएँ । हुन पनि हो विगतको कुरोहरुले मान्छेलाई रोमान्चित बनाउँछ नै । बाजेसँग छुट्टिने बेलामा उहाँले उही परिचित आर्शिवचन दोहोर् याउनु भयो 'मन्त्री प्रधान मन्त्री हुनु है नाती।'
म पुनः सोही बर्षको दशैंमा गाउँ फर्किएँ । बाटो उही थियो त्यही बाटोहरुलाई पछ्याउँदै सभापति बाजेको घरसम्म पुगें । जेठको अन्तिममा लहलहाउँदो देखिएको मकैको बोटहरुको नामोनिसाना थिएन । मकैको ठाउँमा कोदोको बोट शरदीय पवनको झोक्कासँग बयली खेलिरहेका थिए । म शरद प्रीय मान्छे अझ जन्मेको गाउँमा पुग्दा हर्षले भुइँमा खुट्टा थिएन । पहिलाझैं म सोझै सभापति बाजेको घरमा पसें । सधैं बाजे बस्ने बेाचमा कोकु एक्लै बसिरहनु भएको थियो । मैले कोकुको आँखामा उदासीको भावहरु पढ्न नपाउँदै बाजे भदौमै बित्नु भएको कुरा सुनाउनु भयो । कोकुले बाजे बित्नु हुँदाको कथा सुनाईरहनु हुँदा मैले विगतका दिनहरुलाई सम्झिदै वरिपरिका दृश्यहरु नियालें । सुन्तोलाको बोटहरु पनि बुढो भएर जिगि्रङ परेका रहेछन् । घोडा बाँध्ने तबेलामा बाख्रा बाँधिएको थियो, आँगनका चप्लेटी ढुङ्गाहरु पनि काइ जमेर कालो भईसकेको थियो । म कोकुसँग धेरै बेर बालें तर बाजेको कुराभन्दा अन्य प्रसंगमा हामी गफिएनौं । बिदा हुनेबेलामा मैले पुनः बाजे सधैं बस्नु हुने ठाउँलाई नियाले त्यहाँ अझै पनि बाजेनै बसेर मन्त्री प्रधानमन्त्री हुनु नाती भनॆर आर्शिबाद दिईरहनु भएको जस्तो लाग्यो । तर त्यो मात्र कल्पना थियो । म बाजेको आर्शिबाद विहिन भएर त्यहाँबाट निस्किएँ ।
आज पनि म बाजेबाट परेको प्रभावहरुलाई नजरअन्दाज गरिरहेको छु । मैले संगत गरेको ठूला वा साना सबै मान्छेहरुमा सभापति बाजे एक्लॊ रोडमोडल हुनुहुन्छ ।

Subscribe to:
Comments (Atom)