

मार्च, ६ क्वाललम्पुर- कवि तथा साहित्यकार इन्द्र नारथुङेको कविता संग्रहको “सिम्माको नाममा नयाँ चिट्ठी” को आज राजदुत डा. ऋषिराज अधिकारी र वहाँकी धर्मपत्नि शान्ता अधिकारीबाट संयुक्त रुपमा विमोचन भएको छ ।
खोटाङ सेवा समाज मलेसियाको आयोजनामा विमोचित यस कार्यक्रमको अध्यक्षता समाज अध्यक्ष गणेश राउतले गरेका थिए । मलेसियाका लागि नेपाली राजदुत डा.ऋषिराज अधिकारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको विषेश अतिथि युवा साहित्यकार विश्वासदिप तिगेला रहेका थिए । यस कार्यक्रममा प्रमुख अतिथि तथा विशिष अतिथि लगायत आमन्त्रित अन्य अतिथिहरु, एनआरएन आइसिसि मेम्बर भीम शेरचन, साहित्यकार मनि राई ‘गोठाले’, एनआरएन मलेसियाका अध्यक्ष शङ्करवहादुर पौडेल, नेपाल पत्रकार महासंघ मलेसिया सम्पर्क समितिका अध्यक्ष विपिन राई, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसियाका अध्यक्ष पदम दुखी सम्बा हाङ्फे, पत्रकार विचारी चाम्लिङले आफ्नो शुभकामना मन्तब्य राखेका थिए । नेपाल राजदुतावास मलेसियामा कार्यरत कृष्ण विष्टले साचालन गरेको उक्त र्यक्रममा खोसेसका संस्थापक अध्यक्षः तेजकुमार राईले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
श्रष्टाद्वारा आफ्नो साहित्यिक यात्राको विगत र वर्तमानको बारेमा जानकारी गराउँदै कविता संग्रहमा समेटिएका केही कविताहरुको वाचन गरिएको यस सग्रहमा विभिन्न प्रकृतिका २४ वटा कविताहरु संग्रहित रहेको छ । कवि इन्द्र नारथुङेको यस संग्रहको प्रकाशक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समिति रहेको छ ।

No comments:
Post a Comment