हृदयमा गाढा माया पोखराकै
नजिक हुँ वा टाढा माया पोखराकै
संगसंगै हामी यहाँ बाँची दिउँला
बाँडी आधा-आधा माया पोखराकै
मनभित्र सानो पोको पारी लान्छु
कतै टाढा जाँदा माया पोखराकै
उपहार आज के छ मेरो निम्ती
फूल होस् वा काँडा माया पोखराकै ।
Monday, January 25, 2010
Wednesday, January 13, 2010
स्मृतिका पलहरु
Tuesday, January 12, 2010
गजल
कहाँ बाँध्नु लाछा डोरी केसै नरहे
के को तेरो के को मेरो देशै नरहे
भत्काएर हिड्ने सबै बाटै बन्द गरे
कता चाल्नु पाइला फेरि मेसै नरहे
आजै रित्तो बनाएर पुख्र्यौली चिनो
के पो छोड्नु सन्ततीलाई शेषै नरहे
सबैथोक भए पनि कहाँ हुन्छ नेपाल
भाषा संस्कार संस्कृति र भेषै नरहे ।
13 january 2010
के को तेरो के को मेरो देशै नरहे
भत्काएर हिड्ने सबै बाटै बन्द गरे
कता चाल्नु पाइला फेरि मेसै नरहे
आजै रित्तो बनाएर पुख्र्यौली चिनो
के पो छोड्नु सन्ततीलाई शेषै नरहे
सबैथोक भए पनि कहाँ हुन्छ नेपाल
भाषा संस्कार संस्कृति र भेषै नरहे ।
13 january 2010
गजल
मान्छे भएर मानिसको जात नसोधे हुन्थ्यो
निष्ठुर पापी घोर अँध्यारो रात नसोधे हुन्थ्यो
समानताको म पुजारी पूजा हो जिन्दगानी
धनको कालो मुख देखाई औकात नसोधे हुन्थ्यो
शरद प्रीय ऋतु मेरो वसन्त हृदयवासिनी
सिर्जना बिखण्डित कालो बर्षात नसोधे हुन्थ्यो
बाँड्न त के पो सकिन्छ र यहि खुसी सिवाय
होलान् कतै अन्तरमा ती आघात नसोधे हुन्थ्यो
जीवन एक बृक्ष न हो हुर्काए फूल फुल्छ
ब्यर्थै सङ्का गरेर फेरि पात नसोधे हुन्थ्यो
पीडा चपाएर ज्यूनेहरुमा म पनि पक्कै पर्छु
बल्लतल्ल खाटा बसेको त्यो बात नसोधे हुन्थ्यो
गजलको नशामा डुबेको यो नारथुङेलाई
सुरा र सुन्दरीको अर्को मात नसोधे हुन्थ्यो ।
13 January 2010
निष्ठुर पापी घोर अँध्यारो रात नसोधे हुन्थ्यो
समानताको म पुजारी पूजा हो जिन्दगानी
धनको कालो मुख देखाई औकात नसोधे हुन्थ्यो
शरद प्रीय ऋतु मेरो वसन्त हृदयवासिनी
सिर्जना बिखण्डित कालो बर्षात नसोधे हुन्थ्यो
बाँड्न त के पो सकिन्छ र यहि खुसी सिवाय
होलान् कतै अन्तरमा ती आघात नसोधे हुन्थ्यो
जीवन एक बृक्ष न हो हुर्काए फूल फुल्छ
ब्यर्थै सङ्का गरेर फेरि पात नसोधे हुन्थ्यो
पीडा चपाएर ज्यूनेहरुमा म पनि पक्कै पर्छु
बल्लतल्ल खाटा बसेको त्यो बात नसोधे हुन्थ्यो
गजलको नशामा डुबेको यो नारथुङेलाई
सुरा र सुन्दरीको अर्को मात नसोधे हुन्थ्यो ।
13 January 2010
गजल
शमशानमा एउटा लास जलिरहेछ आज
हृदयभरीको सारा विश्वास जलिरहेछ आज
के छ र जल्नु बाँकी त्यहाँ रित्तो शरिर शिवाय
मेरै जिजीबिषाहरु खास जलिरहेछ आज
त्यही स्पन्दन न थियो जहाँ म मिलेको थिएँ
यस्तो लाग्छ बस्ने बास जलिरहेछ आज
के नै पो र् ह्रयो र बाँकी अब मेरो यो जिन्दगीमा
आँशु छोडेर सारा परिहास जलिरहेछ आज
युग यगान्तर बाँचौंला भन्थे उनको साथमा
त्यही अन्तिम अतृप्त आस जलिरहेछ आज ।
13 january 2010
हृदयभरीको सारा विश्वास जलिरहेछ आज
के छ र जल्नु बाँकी त्यहाँ रित्तो शरिर शिवाय
मेरै जिजीबिषाहरु खास जलिरहेछ आज
त्यही स्पन्दन न थियो जहाँ म मिलेको थिएँ
यस्तो लाग्छ बस्ने बास जलिरहेछ आज
के नै पो र् ह्रयो र बाँकी अब मेरो यो जिन्दगीमा
आँशु छोडेर सारा परिहास जलिरहेछ आज
युग यगान्तर बाँचौंला भन्थे उनको साथमा
त्यही अन्तिम अतृप्त आस जलिरहेछ आज ।
13 january 2010
गजल
सुस्तसुस्त यो रुमानी साँझ ढलिरहेछ
हिजोभन्दा बेग्लैबेग्लै आज ढलिरहेछ
म जस्तै छौ तिमी पनि खुसीले मात्तिएको
लाग्छ सारा उदासीको राज ढलिरहेछ
खुल्नु नखुल्नु सबै खुल्यो गोप्य कुराहरु
अहो ! सर्माएर आफै लाज ढलिरहेछ
रित्याई प्याला प्रेमको मदहोसीमा डुबेर
यो मन तिम्रै हृदयको माझ ढलिरहेछ
गजलको महफिलमा झुमिरहेछ स्वर्ग
त्यही भएर यो इन्द्रको ताज ढलिरहेछ ।
हिजोभन्दा बेग्लैबेग्लै आज ढलिरहेछ
म जस्तै छौ तिमी पनि खुसीले मात्तिएको
लाग्छ सारा उदासीको राज ढलिरहेछ
खुल्नु नखुल्नु सबै खुल्यो गोप्य कुराहरु
अहो ! सर्माएर आफै लाज ढलिरहेछ
रित्याई प्याला प्रेमको मदहोसीमा डुबेर
यो मन तिम्रै हृदयको माझ ढलिरहेछ
गजलको महफिलमा झुमिरहेछ स्वर्ग
त्यही भएर यो इन्द्रको ताज ढलिरहेछ ।
Subscribe to:
Comments (Atom)


