Pages

Sunday, February 21, 2010

गर भन्नेलाई

गर भन्नेलाई पनि सलाम
मर भन्नेलाई पनि सलाम

सगरमाथा शिर देखाएर
चढ भन्नेलाई पनि सलाम

मध्यरातमा पारिजात जस्तै
झर भन्नेलाई पनि सलाम

भेल उर्लिएका जङ्घारहरु
तर भन्नेलाई पनि सलाम

जानाजान राखिएको पासोमा
पर भन्नेलाई पनि सलाम

मनको खाली पाना ममताले
भर भन्नेलाई पनि सलाम

स्वर्गपुरी छोडेर 'इन्द्र' अन्तै
सर भन्नेलाई पनि सलाम ।

No comments:

Post a Comment