Pages

Thursday, February 4, 2010

पूर्वमा बज्दा मादल

पूर्वमा बज्दा मादल पश्चिमले गाउनु पर्छ
मदेशमा होली खेल्न पहाड उधो धाउनु पर्छ

लाखे नाच्न नेवार दाजु कर्णली पुगेपछि
देउडा नाच्न डोल्पाली, कान्तिपुरी आउनु पर्छ

सोरठी र घाटु घुम्दै किरातभूमि पसेपछि
साकेलामा सिली नाच्न उसले पनि पाउनु पर्छ

शेर्पा दाइ तराई झर्दा धोती गाजी लाएकै हुन्
हिमाल पुग्दा मदेशीले पनि बख्खु लाउनु पर्छ

यिनै कुरा लुकेको छ, संघियताको अर्थ भित्र
एक अर्कामा निषेध हैन सबै मनपराउनु पर्छ
Indra Narthunge

1 comment:

  1. इन्द्र सर तपाइको गजल राम्रो लागो त्यसैले मेरो ब्लगमा होली विषेश गजल भनेर प्रयोग गरेको छु गल्ती भए माफ पाउँ ।

    ReplyDelete